
पूर्णपुष्टि, कार्तिक १३
कैलालीमा चक्कु प्रहर गरी युवकको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आपसी विवादका क्रममा भजनी नगरपालिका–३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी युवकको हत्या गरेको जनाए । टीकापुर नगरपालिका–८ कालीमाटीमा शुक्रबार राति किरण साउदले सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या गरेको एसपी अधिकारीले जनाएको छ ।
एसपी अधिकारीका अनुसार चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो । चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
