
पूर्णपुष्टि,चैत्र २८ । कुख्यात गुन्डा नाइके चक्रेमिलन (मिलन गुरुङ)को बडी गार्ड पक्राउ परेका छन् । नेपालगञ्ज स्थित एक होटलमा हतियार प्रदर्शन गरेको अभियोगमा मिलनको सहयोगी गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जका स्थानीय राष्ट्रिय युवा संघको महाधिवेशनमा भाग लिन पुगेका चक्रे मिलनसँग बन्दुक बोकेर हिडेको भिडियो बोगटीले टिकटकमा सेयर गरेपछि उनी पक्राउ परेका हुन् । बोगटीले सामाजिक सञ्जालमा पोइन्ट टुटु हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए ।
प्रारम्भिक अनुसन्धानबाट सो हतियारको लाइसेन्स भएको थाहा भएको छ । हतियारको लाइसेन्स लिएपनि प्रदर्शन गर्न नपाइने प्रहरी बताउँछ । नेपालगन्जमा युवासँघको महाधिवेशन जारी छ ।
