Monday, April 20News That Matters

त्रियुगा नगरमा प्रशासकीय अधिकृत नहुँदा सम्पन्न योजनाहरुको भुक्तानीमा समस्या


पूर्णपुष्टि, चैत्र २८ ।
गाईघाटको त्रियुगा नगरपालिका लामो सयमदेखी कार्यालय प्रमुख विहिन छ । प्रमुख प्रशासकीय अधिकृतको नियुक्त र सरुवा बारे मेयरको मनोमनीका कारण यस नगरपालिका केहि समय यता सुनसान र काम विहिन अवस्थामा छ । प्रशासकीय अधिकृत नुहँदा यहाँ अत्यावश्यक काम तथा योजनाहरु प्रभावित छन् ।

विकासको योजनाहरुलार्य अझै बढी यसले समस्या पारेको छ । कतिपय बिकास निर्माणका कार्यहरु हुन सकेका छैन्न त कति कामहरु बिचमै रोकिएको छ भने कुनै सकिएको योजनाहरुको पनि भुक्तानि नपाएर विचल्लीत बनेको छ । यसरी नगरमा हुनै दैनिकी कामहरु नै ३ महिना देखी ठप्प हुँदा यसले त्रियुगा नगरवासीहरुमा प्रत्यक्ष असर पुराएको छ । त्रियुगा नगरपालिका १३ चुम्लुङगे मार्गमा फागुन ५ मै सडक नाला निर्माण कार्य सम्पन्न भएको हो । तर यसको भुक्तानी अझै पनि निर्माण समितिले पाएको छैन् ।

माघ ३ बाट सुरु भएको उक्त योजना फागुन ५ मा सम्पन्न भयो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा यसको भुक्तानी लिन असहज भएको निर्माण समितिले जनाए । सडक नाला निर्माण कार्यका लागि ५ लाख ७१ हजार ४१७ रुपयाँ बजेट लागत भएका थिए । यस मध्ये त्रियुगा नगरपालिकाले ४ लाख ८० हजार अनुदान प्रदान गरेका थिए । यता काम सकिएपनि भुक्तानी भने रोकीएको छ । यो त एक उदाहरण मात्रै हो, यस्ता कामहरु दैनिकी रुपमा सम्पन्न भएपनि कतै भुक्तानी, कतै सुचारु नै गर्न पाएका छैनन् ।