Sunday, April 19News That Matters

चट्याङले साउनेमा एक जनाको मृत्यु

पूर्णपुष्टि १६ जेष्ठ

संगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ५६ को सर्बधन राई रहेको छ । उनको बुधबार दिउँसो बर्सादसँगै परेको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष हिमरमज मगरले बताए । वडाअध्यक्ष मगरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । हाल उनको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।