Saturday, June 20News That Matters

चट्याङ लागेर उदयपुरमा एकै कृषकको ७ ओटा बाख्रा मर्यो

पूर्णपुष्टि, साउन ३१

उदयपुरमा चट्याङ लागेर ७ ओटा बाख्रा मरेको छ । चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर स्थित नगेन्द्र राईको ७ ओटा बाख्रा चट्याङले स्वाहा पारेको हो । शुक्रबार जंगलमा चराउन लैजाने क्रममा अविरल बर्षा सँगै परेको चट्याङले ७ ओटा बाख्रा एकै पटकमा मारेपछि कृषक राईलाई ठुलो घाटा पुगेको छ ।

राईले एकै पटक ७ ओटा बाख्रा मारेपछि आफ्नो पशु व्यवसायमा ठुलो घाटा पुगेको बताए । उनले यस घाटामा सम्बन्धित निकाय र स्थानीय सरकारले राहत सहयोग गर्नु पर्ने माग राखेका छन् ।

कूल १९ वटा खशी बाख्रामध्ये ७ वटा बियाउने बाख्रा माउलाई एक्कासी परेको चट्याङ लागेर  मरेको कृषक  राईले बताए ।

उक्त घटनाबाट कृषक राईलाई अन्दाजी १ लाख बरावरको क्षती पुगेको स्थानीय तथा सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन ओझाले बताए ।