Sunday, June 21News That Matters

कारको ठक्करबाट एक महिलाको मृत्यु, एक घाईते

पूर्णपुष्टि,साउन ३२

झापा बाह्रदर्शी गाउँपालिका–७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका–८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगरको मृत्यु भएको हो ।

हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाउँपालिका–७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारको लागी बिएण्ड् सी स्पतालमा पु¥याउन साथ सरस्वतीको मृत्यु भएको र कार्कीको उपचार भईरहेको अस्पतालले जनाएको छ । दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई– २ का २४ वर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।