
पूर्णपुष्टि, साउन ३२
सुनसरी ईटहरी–१७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । ताप्लेजुङ मेरिङ्डा गाउँपालिका–४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय राम कुमार लिम्बुको करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको थियो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
