
पूर्णपुष्टि, बैशाख १९
सुनसरी गढी–२ औरावनी बस्ने ६० बर्षीय रघुनाथ यादवको च्ट्याङले लागेर मृत्यु भएको छ । आज बिहान ०८ बजे खेतमा भैसी चराउन गएका यादबलाइ बर्षा सँगै आएको च्ट्याङले लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।
