Monday, June 22News That Matters

देशको यी भु–भागहरुमा मंगलबार सम्म बर्षाको सम्भावना

पूर्णपुष्टि, बैशाख १९

नेपालको पूर्वी एंव पहाडी भु–भागमा मंगलबार सम्म बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहानै काठमाण्डौँ उपत्यका तथा प्रदेश नं १ का पहाडी भुभागहरुमा बर्षा परेको थियो ।

मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २ र वागमती प्रदेश लगायतका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार बिहानको हल्का वर्ष ९ बजेसम्ममा रोकिने र दिउँसो र साँझ फेरि सामान्य बदली भई देशका पहाडी भूभाग र प्रदेश नं १ को सबै जिल्लामा हावाहुरी सहित सामान्य वर्षा हुने सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।