
पूर्णपुष्टि, भदौ ६
कैलालीमा लागुऔषध चरेशसहित एक किराना पसलका शाहु पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किराना पसल चलाउदै आएका ३६ वर्षीय दिनेश सिंह रहेका छन् ।
बझाङ जयपृथ्वी नगरपालिका–६ स्थायी घर भएका सिंहले चलाउदै आएको पसलमा लुकाई छिपाई राखेको अवस्थामा एक किलो चरेश बरामद भएसँगै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका सिंहलाई प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
