Tuesday, June 9News That Matters

चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट प्रदर्शनमा

पूर्णपुष्टि,फागुन १९ । आज शुक्रबाट देखि सिनेमाहलहरुमा एकै दिन दुई नेपाली चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ आवबाट प्रदर्शनमा आएको हो ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका छन् । चलचित्रमा राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार पारिएको छ । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका हुन् । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।

यता चलचित्र ‘छड्के’ को सिक्वेल ‘२.० छड्के’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ। ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । मल्टिप्लेक्स हलमा छड्केु भन्दा छक्का पन्जा ४ ले बढी शो पाएको छ । हलमा कुन फिल्मले राम्रो कमाइ गर्छ त्यो हेर्न बाँकी छ।