Tuesday, June 9News That Matters

मिटर ब्याजका कारण युवकले गरे आत्महत्या

पूर्णपुष्टि,फागुन १९ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर–८, सुडालमा मिटर व्याजका कारण एक युवाले आत्महत्या गरेका छन् । मिटर ब्याजका कारण सुडालका स्थानीय निवासी श्याम तिमिल्सिनाले आत्महत्या गर्न बाध्य भएका हुन् ।

लामो समय देखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो ।

एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् । करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुञ्याएको आफन्तजनले बताएका छन् ।