
काठमाण्डौँ, जेष्ठ १६
उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् । मे २३ मा लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । उक्त झडप चाडको राजधानी एनुजामेनाबाट करिब १,००० किलोमिटर (६०० माइल) मध्य सहाराको तिबेस्ती पर्वतमा भएको थियो ।
त्यस क्षेत्रमा सुनको खोजी चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाब र झडप हुने गर्दछ । झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् । उनले एएफपीसँग यस क्षेत्रबाट फोनमा कुरा गर्दै जहाँ सो जानकारी दिएका हुन् । “यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन गर्ने निर्णय गरेका छौं,” उनले भने । यस क्षेत्रका बहुसंख्यक खानीहरू अवैधरूपमा सञ्चालित छन् । (रासस)
