Monday, May 4News That Matters

चार्जमा रहेको फोन उठाउदा करेन्ट लागी महिलाको मृत्यु

पूर्णपुष्टि, असार ३० । चार्जमा रहेको फोन उठाउदा करेन्ट लागी झापामा एक महिलाको मृत्यु छ । मृत्यु हुनेमा गौरीगन्ज गाउँपालिका–१ टुनु बस्तीकी ५५ बर्षीय सिला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शुक्रबार दिउँसो ३ बजे करेन्ट लागी घटना स्थलमै मृत्यु भएको डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । खेतमा काम गरेर घर फर्किएकी उनले चार्जमा राखेको फोन आएपछि मोबाइल उठाउँदा करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।