Saturday, July 11News That Matters

चार महिनामा १६ नं वडाको प्रगतिमा छलाङ, आगामी योजना बारे बृहत समिक्षा

पूर्णपुष्टि, पुष ५
त्रियुगा नगरपालिका वडा नं १६ ले आफ्नो चार महिनाको कार्य प्रगति बिवरण सार्वजानिक गरेको छ । उक्त वडाले सोमवार प्रथम चौमाषिक कामको प्रगति सार्वजानिक सँगै आगामी योजनाबारे बृहत छलफल तथा समिक्षा समेत गरेका छन् । वडाअध्यक्ष मान वहादुर राईले चार महिना अबधिभर जनताको आवश्यक आधारभुत कामलाई प्रथामिकता दिनुका साथै वडाको प्रशासनिक कार्यहरुलाई चुस्त दुरुस्त पारिएको जनाए । राईले आफुले हर समय जनताको आवश्यकताका लागि खटिएको काम कार्यलाई समेटेर उक्त कार्यको सार्वजानिक गर्नुका साथै आउँदो समयमा जनताको आधारभूत आवश्यकतलाई कसरी लैजानी भन्ने बिषयमा पनि सम्बन्धित सबै सँग समिक्षा गरिएको जनाए ।

वडामा जनताहरुलाई अत्यावश्यकीय रुपमा हेरीएको शिक्षा, स्वास्थ्य, खानेपानी, विकास, आर्थिक स्रोत , संञ्चार, खेलकुद जस्ता कार्यहरुलाई पहिलो प्रथामिकतामा राखेर काम गरिएको वडा अध्यक्ष राईको भनाई छ । आर्थिक आम्दानी अन्तर्गत कृषि, पशुपालन जस्ता कामलाई सहज र सहयोग पुराएको वडाले जनाएको छ । यहाँ वाख्रा पालन, बंगुर पालन र भैँसी पालन जस्ता पसुपालनलाई निकै प्राथामिकताका साथ राख्नुका साथै कृषिलाई भरपुर सहयोग पुराईएको वडाको चौमाषिक कार्य प्रतिवेदनमा प्रस्तुत छ । समिक्षा कार्यक्रममा सरोकारवाला, जनप्रतिनिधि, स्थानीय तथा वडावासी, शिक्षक, कर्मचारी, समाजसेवी, बुद्धिजीवी, नागरिक समाज लगायत सम्बन्धित निकायहरुको बाक्लो उपस्थिति रहेका थिए ।

वडाको अवस्था तथा पुष्ठभुमी

त्रियुगा नगरपालिका १६ नं वडा भौगोलिक हिसावले बिकट क्षेत्र हो । यस क्षेत्र पालिकाको पहाडी भेग अन्तरर्गत पर्छ । यहाँ विकास गर्न निकै कठिन छ । सहर बजार देखी टाढा रहेको उक्त वडामा हरेक वस्तीहरुलाई विकासमा समेट्नु चौनौती छ । ३८.९ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडामा महिला ः २४४३ पुरुष ः २५७१ गरी जम्मा ५ हजार १४ जना जनसंङख्या रहेको छ भने ८०९ घरधुरी संख्या छ । यहाँका जनताहरुको अनगिन्ती आधारभूत आवश्यकताहरु छन् । हरेक वस्तीहरुमा विकासको आवश्यकता छ । कम बजेटका बावजुत पनि उक्त वडामा समानन्तर विकास योजनाहरु संञ्चालनमा छन् । एकै बर्षमा सम्भव नहुने विकासलाई अर्को बर्षमा गर्ने योजना सहित यहाँका वडाअध्यक्ष मान वहादुर राई जनताहरु सँग हातेमालो गर्दै आएका छन् ।

चार महिनामा वडाको प्रगतिहरु

छिटो छरितो र सहजताका लागि वडालाई प्रविधिमा जोड : वडावासीहरुलाई सहज र प्रविधिमय बनाउन वडाले यसै बर्ष देखि अनलाईन घटना दर्ता सेवा सुभारम्भ गरेको छ । उक्त कार्य सँगै ( जन्म : ५० विवाह : २० बसाईसराई : १७ (आएको : ३ गएको : १४) सम्बन्धविच्छेद : ४ मृत्यू दर्ता : ९) गरी जम्मा ११७ घटनाहरु अनलाईनबाट गरिसेको छ । आ.व.२०७८/०७९ को बार्षिक समिक्षा तथा आ.व.२०७९/०८० को बजेट तथा योजना सार्वजनिक कार्यक्रम सम्पन्न भएको ।

खेलकुद विकासमा जोड : वडाले केहि समय अघि मात्रै टोल विकास संस्था स्तरीय भलिवल प्रतियोगिता सम्पन्न सम्पन्न गरिसकेको अवस्था छ । उक्त प्रतियोगितामा वडाभरीका १० टिमको सहभागिता समेत जनाएका थिए ।
प्रशासनिक भवन निर्माण कार्य सम्पन्न : वडाले आफ्नो कार्यलाई सहज र चुस्त दुरुस्त कार्य सम्पादनका लागि अत्यावश्यक रहेका वडा प्रशासनिक भवन निर्माण कार्य पनि सम्पन्न गरिसकेको छ । बिभिन्न चुनौती र असहजताकै बावजुत वडा भवन निर्माण कार्यलाई पनि यसै बर्ष सम्पन्न गरिएको छ ।

वडा कार्यालयको नवनिर्मित भवन सम्पन्नको दृश्य

उज्यालो वडा : यसै ४ महिनामा वडाले बिभिन्न ठाउँमा विधुत विस्तार तथा उज्यालो वडाको अभियानलाई सफल सम्पन्न गरेको छ । स्थानीयहरुको अत्यादिक आवश्यकताको केन्द्र रहेको विद्युतलाई वडाले पुरा गरिदिएको छ । शाहीखोला गैरीटोल, तिनधारे आँपडाडा, ढाडखर्क, रातापानी, सुकौरा, बेङरी र धौरीमा विद्युत विस्तारको कार्य पनि सम्पन्न भएको छ ।

वडावासीहरुलाई स्वास्थ्यमा पहँच : वडाले स्वास्थ्यमा पहुँच पुराउने भन्दै वडाको आफ्नै पहलमा पहएम्बुलेन्स सेवा संचालनको निम्ती सेवालाई छिटै विस्तार गर्ने भएको छ । त्यसका लागि आर्थिक सहयोग प्राप्त भई खरीद प्रकृया अगाडी बढी सकेको छ । साथै वडाले भुमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यबस्थित बसोबासीहरुको लगत संकलन, आ.व.२०७९÷०८० को योजना कार्यान्वयन गर्न उपभोक्ता समिति गठन, वडाको भू उपयोग क्षेत्र बर्गिकरण गर्ने कार्य, नगरबाट प्राप्त ३५ थान इन्फ्रारेड विद्युतीय चुल्लो वितरणका लागि निर्णय , स्थानीय स्वास्थ्य संस्थाहरुलाई नेमुलाईजर मेशिन खरीद तथा सहयोग, वडास्तरीय युवा खेलकुद विकास समिति गठन, बर्षाको कारण भएको विपदमा १० घरपरिवारलाई त्रिपाल वितरण्, दलित युवा उद्यमी शाहीखोलाका राजेश वि.क. लाई काठको कार्पेन्टरमा काम गर्न मोटर थान–१ उपलब्ध, यस चौमासिक अवधिमा ६ जनालाई आर्थिक सहयोग, वडा मै प्राविधिक कर्मचारी व्यबस्थापन गरि प्रभावकारी प्राविधिक सेवा प्रवाह, सडक बोर्डको योजनाबाट ७ कि.मी. सुकौरा वडा कार्यालय मूख्य सडक ग्राभेलिङ, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरमा ४ ओटा योजना पेश गरि ३ ओटाको प्राविधिक इस्टीमेट सम्पन्न,जाल्पादेवी थान जाने सिढी निर्माण योजनाको सम्झौता, कर्कले चिलाउने भन्ज्याङ्ग खानेपानी मर्मत, वडा र स्थानीय सहभागितामा बेङ्गरी डि.एस.–२ सिचाई कुलो मर्मत अन्तर्गत ६७ मि. आर.सी.सी.कुलो निर्माण तथा मर्मत, बर्षाको समयमा अबरुद्ध भएको वडाभित्रका करीव ७.५ कि.मी. स्थानीय सडक मर्मत,चिलाउने भन्ज्याङ्ग जिरायत हुदै ढाडखर्क करीव १.६ कि.मि. सडक मर्मत, सा.सु. कार्यक्रमतर्फ गत आ.व.मा ३३३ लाभग्राही भएकोमा यस आ.व. लाभग्राही संख्या ३९० बढ्न सफल, वडा जनप्रतिनिधि र कर्मचारीहरुबाट संचालित योजनाहरु अनुगमन सम्पन्न, आ.वि.जाते सिद्रे विद्यालय भवन निर्माण कार्य अनुगमन, प्रदेश सरकारको सहयोगमा भोर्ले सिरुवानी वडा कार्यालय सडक स्तरउन्नतिको प्राविधिक इस्टीमेट, चुनिया खोला तटबाध योजनाको प्राविधिक इस्टीमेट, बोक्से बेल्दोभान ग्रामिण सडक ग्राभेलिङ्ग प्राविधिक इस्टीमेटको स्थलगत प्राविधिक अनुगमन, बृहत जलाधार व्य.केन्द्र कोशीबाट सुकौरा खानेपानी मुहान संरक्षण प्राविधिक इस्टीमेट, बंगुरपालन व्यवसाय प्रबद्र्धन सहयोग तथा विपन्न÷आर्थिक अबस्था कमजोर परिवारलाई बंगुरको पाठा वितरण, पशु विमा कार्यक्रम अन्तर्गत ११५ बाख्रा, भैंसी र बंगुरको विमा, ७७ पशुहरुमा पशु बन्ध्याकरण, नगर मार्फत साना सिचाई कार्यक्रममा ९ ओटा सिचाई कुलो मर्मतका लागि योजना पेश, कृषि तथा पशुपालन फर्म दर्ताका लागि ७ ओटा सिफारिस, बाल अक्षय कोष संचालनका लागि वडा कार्यालय र सहकारी विच साझेदारी जस्ता सायौँ ठुला तथा मझौला कामहरु गरिसकेको छ ।

आगामी वडाको प्रमुख प्राथामिकताहरु

वडाले चौमाषिक समिक्षामा केहि महत्वपूर्ण कुराहरुलाई नजिक बाट नियालेका छन् । एक पटक हुन नसक्ने महत्वका कार्यलाई आगामी दिनमा पुरा गर्ने योजना सहित समिक्षा गरेको छ । वडाले आगामी दिनमा फूसको छाना विस्थापित तथा सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन, पूर्ण विद्युतिकरण वडा घोषणाको तयारी, उपभोक्ता समितिलाई अभिमुखिकरण र प्रभावकारी योजना अनुगमन, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाका लागि विद्यालय र स्वास्थ्य संस्थाको अनुगमन, एम्बुलेन्स सेवा संचालन, व्यबसायिक कृषि पशुपालन र पर्यटन क्षेत्रको थप विकास, प्रविधिमैत्री वडा कार्यालय थप व्यबस्थापन, प्रत्येक घरधुरीमा स्वच्छ खानेपानीको व्यबस्था र पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन, वडाभित्रका सबै सडकहरुको स्तरउन्नति तथा दीगो विकासमा जोड, वडाबाट संचालित विशेष अभियान कार्यान्वयनमा जोड जस्ता महत्वपूर्ण कार्यहरुलाई आगामी दिनमा पुरा गर्ने लक्ष्य राखेको छ ।

वडाको लागि चुनौती

चुनौती, संघर्ष र सफलता एक आपसमा सम्बन्धीत छन् । वडाले चौमाषिक प्रगति सार्वजानिक गर्दै गर्दा त्यो सफलताका कामहरु रहेका थिए । त्यसका लागि संघर्षहरु निरन्तर गर्नु पर्यो । वडाको विकास र समृद्धका लागि फेरी पनि चुनौतीहरु उत्तिकै छन् । वडा विकासका लागि स्थानीय सडकहरुको स्तरउन्नोति गर्न आर्थिक लगानीको अभाव, बढ्दो बसाई सराई, बादर आतंकका कारण प्रति आबादी जग्गा बाझोपन बढ्दो, किशोर किशोरीहरुमा आत्महत्याको दर बढ्दो, स्थानीय क्षेत्रमा सामाजिक अपराधका घटनाहरु बढ्दो, (लागु पदार्थ दु. र बालविवाह) उ.सि.उ.ली. को रोप्वे ध्वनी प्रदुषण र जोखिम , खानी क्षेत्रमा व्लाष्टीन कम्पन र पानी मुहान सुक्का,बर्तमान अबस्थामा रेहको २४ प्रतिसत अति विपन्नता गरिवी आर्थिक अभाव र युवा बेरोजगारी यी कुराहरु वडाका लागि ठुलो चुनौतीहरु रहेका छन् । यसलाई सामधान गर्न आईपर्ने संघर्षलाई वडाले महत्वपूर्णका साथ हरेका छन् । यसका लागि सबैको साथ सहयोगको अपेक्षा वडाले राखेका छन् ।

वडावासी उत्साहित

१६ नं वडाका स्थानीयहरुले त्यहाँको विकासलाई सन्तुष्टी मानेका छन् । वडामा स्थानीयहरुको ठुलो आवश्यकताहरु पनि नहुने हुँदा यिनै सामान्य आधारभूत आवश्यकतालाई वडाले पुरा गर्नुमा त्यहाँका वडाअध्यक्ष लगायत आम जनप्रतिनिधि प्रति वडावासीहरुले विकासको महसुसलाई सकरात्मक हिसावले लिएको छ । उनिहरुले उपलब्धी र वडाको प्रगतिलाई रुचाउनुका साथै स्थानीय सरकारको सकरात्मक महसुस गरेका छन् । उनिहरुले यस वडामा क्रमागत जनताहरुको आवश्यकताहरु पुरा गर्दै विकासको फड्कोमा जोड गरेको बताएका छन् । वडाले जनताहरु समक्ष सरोकारवालाको सहभागितामा चौमासिक प्रगति तथा उपलब्धिहरुको समिक्षा गर्ने उदेश्य सहित कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।