
पूर्णपुष्टि, साउन २०
चार वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । सिरहा भगवानपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रकाउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
