
पूर्णपुष्टि, साउन २०
दुई जनालाई मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१३ कामना मार्ग बस्ने धादिङ सुनौलो बजार नगरपालिका–७ घर भएका २६ वर्षीय प्रकाश पोखरेल र पोखरा महानगरपालिका–१३ मियापटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका–९ घर भएका २३ वर्षीय धिराज सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१३ मियापाटन बस्ने काजीमान श्रेष्ठको पार्किङ गरी राखेको ग.४ प ४६४२ नम्बरको मोटरसाइकल पोखरेल र सुनारले चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जना माथि चोरी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
