Thursday, June 18News That Matters

ब्राउन सुगरसहित एक पक्राउ, एक फरार

पूर्णपुष्टि, साउन २०

झापा गौरादह नगरपालिका–१ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् ।

सोही स्थानका ३७ वर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो ।

पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा मैले गौरादह २ का ३९ वर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको हो भनि जानकारी गराएका थिए । जानकारी पाए पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको हो । कार्की भने तत्काल फरार रहेकोले खोजतालस भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।