Friday, April 17News That Matters

चाैदण्डिगढी ब्याड्मिन्टन प्रतियाेगिता सम्पन्न, विजयी टिमहरु पुरस्कृत

पूर्णपुष्टि/उदयपुर, कार्तिक ३० ।
तेस्रो चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे पुरुष डबल्स (बि डिभिजन)तर्फकाे विजेता बेलका नगरपालिकाका नेपालधन राई र जैयन राईको जोडी भएकाे छ ।
आज भएकाे फाईनलमा बसहाका आदिप मगर र सौरभ राईको जोडीलाई २१–१७, २१–२३ र १६–२१ के सेटमा पराजित गर्दै बिजेता बनेकाे हो । उपाधीसंगै उनीहरुले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् । यस्तै उपविजेता भएका आदिप मगर र सौरभ राईको जोडीले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थानमा  दिपक किराँती र खडेन्द्र कुमार वल तथा गणेश विष्ट र काजीमान राईको जोडीले नगद ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
त्यस्तै वि डिभिजन जिल्ला स्त्तरीय महिला डवल्सको उपाधी निताशा रैका मगर र शिला राईको जोडीले प्राप्त गरेका छन् । उनीहरुले यशोदा राई र दन्त कुमारी राईको जोडीलाई फाईनलमा २१–३ र २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । तेस्रो स्थानमा राम कुमारी राई र प्रियंका राई तथा ईस्मिता खत्री र समृद्धी राईको जोडी भएका छन् । विजेता, उपविजेता र तेस्रो स्थानमा रहेकाले क्रमशः नगद १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
४५ बर्षभन्दामाथीका भेट्रान्सतर्फको उपाधी सन्तोष कटुवाल र कालुप्रसाद उराँवको जोडीले जित्न सफल भएका छन् । उनीहरुले देवीराज राई र पुर्व मेयर खगेन्द्र राईको जोडीलाई २१–१२ र २१–१४ को सोझो सेटमा जितेका थिए । भेट्रान्सतर्फ देवीराज राई र पुर्व मेयर खगेन्द्र राईको जोडी उपविजेता तथा लाखमान राई र नमस कार्की तथा सत्य नारायण चौधरी र पदम राईको जोडी तेस्रो भएका छन् । । भेट्रान्सतर्फका विजेता, उपविजेता र तेस्रो स्थानमा रहेकाले पनि क्रमशः नगद १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
१५ बर्षभन्दा मुनीका पुरुषतर्फको उपाधी जुनसाङ्ग लामा र महिलातर्फको उपाधी ईस्मिता खत्रीले जित्न सफल भएका छन् । लामाले फाईनलमा साचीबुङ्ग राईलाई २१–१७÷ १४–२१ र १६–२१ को सेटमा पराजित गरेका छन् भने खत्रीले सिर्जना राई २१–६ र २१–८ को सोझोमा पराजित गरेका छन् । पुरुषतर्फ जेसिसन राई र श्रीजंग लामा तथा महिलातर्फ समृद्धी राई र सोमिया राई तेस्रो भएका छन् । पुरुषतर्फको विजेता, उपविजेता र तेस्रो स्थानमा रहेकाले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ, त्यस्तै महिलातर्फका विजेता, उपविजेता र तेस्रो स्थानमा रहेकाले क्रमशः नगद ४ हजार, ३ हजार र २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।
अण्डर १५ काे खेल कार्तिक २१ र २२ गते भएकाे थियाे भने अन्यकाे २८ देखि तिनदिन सञ्चालन भयाे ।
विजेताहरुलाई नगर प्रमुख कालुमान लामा, उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष कालीदास राई (किसन) पुर्व नगर प्रमुख खगेन्द्र राई लगायतले पुरुस्कार वितरण गरेका थिए ।
खेल साैहाद्रपूर्ण, राेचक र प्रतिष्पर्धात्मक बनेकाे थियाे ।