
पूर्णपुष्टि, वैशाख १२ । चाैदण्डिगढी नगरपालिकाकाे मेयर पदका लागि ८ जनाकाे उम्मदवारी परेकाे छ । प्रमुख प्रतिष्पर्धा भने तीन जनाबीच हुने देखिन्छ । नेपाली कांग्रेसकाे खगेन्द्र राई, नेकपा माओवादीकाे नरेन्द्रकुमार राउत र नेकपा एमालेका कालुमान लामा मेयरमा प्रमुख प्रतिष्पर्धि छन् । मेयरमा उम्मेदवारी दिने अन्यमा मंगाेल नेशनल अर्गनाईजेशनका भुमिराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट रामप्रसाद आचार्य र तीन जना स्वतन्त्र छन् । स्वतन्त्रहरुमा अम्बरबहादुर विष्ट, कमलध्वज राई र प्रशान्त राई रहेका छन् । उपमेयरहरुमा पाँचजनाकाे उम्मेदवारी परेकाे छ । नेकपा एमालेबाट मणिकादेवी दुलाल, नेेपाली काङ्ग्रेसबाट रिताकुमारी चाैधरी, नेकपा (माओवादी केन्द्र) बाट हिरा थापा (तिम्सिना), मंगाेल नेशनल अर्गनाईजेशनबाट सरिता राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखाकुमारी ठाकुर रहेका छन् ।
