
पूर्णपुष्टि, जेष्ठ ३१
चितुवाको आक्रमणबाट तनहँमा एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका–१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीय छोरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन् ।
आइतबार साँझ घरभित्र खाना खान लागेका बेला ती बालिकालाई चितुवाले तानेको थियो । तीन कान्लासम्म लतारेपछि चितुवाले बालिकालाई छाडेको थियो । चितुवाले घाइते बनाएर छोडेको बालिकालाई आमाले लिएर घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाको चिउँडोमा चोट लागेको छ । उनको दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।
