
पूर्णपुष्टि, जेष्ठ ३१
एन्जल बसको सिसा फुटाउने त्रियुगा नगरपालिका–६ जलजलेका एक युवा पक्राउ परेका छन् । सोहि स्थानमा बस्ने लाल बहादुर दाहालका छोरा वर्ष १७ का प्रवेश दाहाललाई बसको सिसा फुटाएको आरोपमा प्रहरीले पक्राउ गरेका हुन् ।
जलजले स्थित पार्किङ गरी राखेको बा ४ ख ८६४३ नम्बरको न्यु एन्जल बसको पछाडीको सिसा ढुङ्गाले हानी फुटाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार दाहाललाई पक्राउ गरेको हो ।
गए रातीको घटना भएपनि आज ११ः०० बजे प्राप्त सूचनाको आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
