
पूर्णपुष्टि, जेष्ठ ३१
कञ्चनपुमा सर्पको टोकाईबाट एकजनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिक–८ बस्ने ४९ वर्षीय दुर्गाबहादुर थापाको आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा ज्यान गएको हो ।
थापाले आफ्नै खेतमा रापाइँ गर्ने क्रममा र्सपले हातमा टोकेको थाहा पाएपछि उनी उपचारको लागि महाकाली अस्पताल भर्ना भएका थिए । त्यहाँ उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
