
पूर्णपुष्टि, जेष्ठ ३१
सुनसरीका दुइ छुट्टाछुट्टै स्थानमा पानीमा डुबी दुईजना बालिकाहरुको मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका–७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबी मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ पु¥याउदा मृत्यु भई सकेको थियो ।
त्यस्तै, आइतबार दिनको साढे ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका–५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
