
पूर्णपुष्टि, मंसिर ११
पाल्पामा चिर्पट दाउराले आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरिले पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आफ्नै बृद्धा आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
मदिरा सेवन गरि ६२ वर्षीय आमा मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा आमाको मृत्यु भएकोे तथ्य प्राप्त भएपछि कृष्णबहादुरलाई प्रहरिले नियनत्रणमा लिएको हो । पक्राउ परेका कृष्णबहादुरलाई आवश्यक कारवाही अगाडि बढाइएको प्रहरिले जनाएको छ ।
