
मोरङ, भदौ ३१ गते ।
मोरङको पथरीमा वादविवाद हुदा दाउराको चिर्पट प्रहार गरी एक जनालाई घाईते भएको छ । पथरीशनिश्चरे नगरपालिका–१ रत्न चोक निबासी५० वर्षीय उजेध्वज लिम्बुले ३ नम्बर निबासी २९ वर्षीय सन्तोस लिम्बुलाई घाईते बनाएको हो ।
गतराती पौने ८ बजे सामान्य वादविवादका क्रामा टाउकोमा चिर्पट प्रहार गरी सन्तोसलाई घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते सन्तोसको उपचारको लागि पथरीको मोरङडाइनेष्टिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
चिर्पट प्रहार गर्ने उजेध्वजलाई ईलाका प्रहरी कार्यालय पथरीमा राखेको प्रहरीले जनाएको छ ।
