
मोरङ, भदौ ३१ गते ।
मोरङको सुन्दरहरैचामा मोटरसाईकलले ठक्कर दिदा एक बृद्ध गम्भिर घाईते घएको छ । सुन्दुहरैचा नगरपालिका–८ को पूर्व–पश्चिम राजमार्गमा पैदलयात्रीलाई मोटरसाईकलले ठक्कर दिदा घाईते भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ७६५८ नम्बरको मोटरसाईकलले स्थानियबासी ७५ वर्षीय श्रीप्रसाद पौडेललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका पौडेललाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
