Thursday, May 21News That Matters

चीनको पर्यटकिय स्थल खूल्न थाल्यो

पूर्णपुष्टि, बैशाख ८ गते । 

लामो समयमसम्म कोरोनाको संक्रमण झेलेका चिन विस्तारै पुरानो अवस्थामा फर्किदै छ । दुई महिनासम्म लकडाउन झेलेका जनजीवन बिस्तारै समान्य अवस्थामा फर्किदै गईरहेको हो ।

चिन सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुई महिनाभन्दा बढी लकडाउन गरेको थियो ।

बेइजिङमा रहेको ग्रेटवालसहति ७३ प्रमुख पर्यटकीय स्थललाई खुला गरिएको चिनिया संचारमाध्यमहरुले जनाएको छ । यी सबै पर्यटकीय स्थल खुला इलाकामा छ भने ३० प्रतिशत पर्यटकलाई मात्र जान दिइने बेइजिङ टुरिज्म ब्यूरोले जनाएको छ ।

कोरोना संक्रमणका कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ४२ जनाको मृत्यु भएको छ भने ७७ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । अहिले ८२ हजार सात सयभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ ।