
पूर्णपुष्टि, पुष ५
चीनको राजधानी बेइजिङमा चालकविहीन ट्याक्सी चलाउने अनुमति पाएको छ । बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबोट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारी अनुमति पाएको हो ।
अहिले परीक्षण गर्न अनुमति दिइएको छ । परीक्षण सफल भएमा यस्ता ट्याक्सीको संख्यामा वृद्धी गरीने बेइजिङका सरकारी अधिकारीहरुले बताएका छन् । एक सय वटा कार सडकमा गुड्न थालेका र अहिले सात सयभन्दा बढी ठाउँबाट यात्रुले सेवा पाउने बीबीसीले जनाएको छ ।

एउटा कारले एक पटकमा दुई जनासम्म यात्रु बोक्न सक्छ । कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिको वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन् ।
परीक्षणकाल भरका लागि ट्याक्सी अनुगमनका लागि एक जना सुपरभाइजर राख्ने र पछि पूर्णरूपमा चालकविहीन हुने बीबीसीले जनाएको छ । कतिपयले सडकको जटिल अवस्थाका कारण सुरक्षामा चुनौती हुने बताएका छन् ।

