
पूर्णपुष्टि/उदयपुर, चैत्र १५
अहिले विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को असर चुरोट खाने मान्छेहरुमा अत्यादिक जोखिम बनेर आएको बिभिन्न अध्यानहरुले देखाएका छन् । युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सले गरेको अनुसन्धानले यस बारे प्रष्ट पारेको छ ।
धुम्रपान गर्ने मानिसहरु प्राय फोक्सोको समस्यामा हुने हुदा बढी जोखिम देखिएको अनुसन्धानले देखाएको छ । कोरोना सँग लड्न खासगरी स्वास्थ्य सरिरको आवश्यकता पर्छ कोरोना फोक्सोमा समेत प्रवेश गरी श्वासप्रश्वासमा अबरोध गर्ने हुदा फोक्सो सँधै स्वास्थ राख्न जरुरी छ ।
यदि हाम्रो फोक्सो नै कम्जोर छ भने हामि कोरोना सँग फाइड गर्न नसकिने हुदा हाम्रो मृत्यु हुन्छ । कोरोनाको औषधी विश्वमै पक्ता लगााउन नसक्दा धरै मानिसहरुले ज्यान गुमाउनुको विकल्पै छैन् ।
जस्ले गर्दा यसको औषधी भनेकै हाम्रो स्वास्थ्य शरिर आत्मामनोवल हो । यदि हामिमा यसको लक्षण देखा परिहाले पनि यो सँग लड्न हामिले स्वास्थ्य शरिरलाई प्रयोग गर्नु पर्ने हुन्छ । बास्तावमै चुरोटले मुख्यतया फोक्सोमै असर पारीरहेका हुनाले । कोरोनाले मात्र होइना धरै मानिसहरु चुरोटका कारण फोक्सो क्यान्सरले नै मर्ने गरेको पनि पाइन्छ ।
अहिले विश्वले नै नियन्त्रण गर्न नसकिरहेको कोरोनाले पनि तत्काल फोक्सो सम्म प्रबेश गरी श्वासप्रश्वासमा असर पर्ने हुदा मानिसको मृत्यु भएको पाइन्छ ।
कोरोना बाट हामि बच्न पनि सकिन्छ तर हामिलाई त्यो समय स्वास्थ्य शरिरको अति नै आवश्यकता हुन्छ । कोरोना सँग फाइट गर्दा हामि कम्जोर भएर भाइरसले हामिलाई जित्यो भने हामि मर्न सकिन्छ तर फेरी हामिले भाइरसलाई जिन्न सकिउ भने हाँमि बाँच्न सकिन्छ जस्ले गर्दा हामिलाई स्वास्थ्य शरिर र फोक्सोमा कुनै असर नभएको हुनुपर्छ ।
यूनिभर्सिटी अफ साउथ कोरोलीको अध्ययनमा के भनिएको छ भने भने धुम्रपान गर्नेले फोक्सोमा इन्जाइमको क्रियाशिलता बढ्छ । त्यसो हुँदा कोभिड–१९ का बिरामीहरुको संख्या बढ्छ । यो रोग बढी उमेर तथा हाइपरटेन्सन जस्ता केही अन्य कारणहरुको उपचारले पनि बढ्छ । विशेषज्ञहरुका अनुसार यी दुबै निकै खतरनाक तथ्यहरु हुन् । धुम्रपान गर्ने अधिकांश व्यक्तिहरुमा यो महामारीको लक्षणको रुपमा सास लिनमा गाह्रो हुने जस्ता समस्याहरु देखिन्छ ।
चीनका चिकित्सकहरुले परीक्षणका लागि कोरोना भाइरसका ९९ जना बिरामीहरुको नमूना संकलन गरेका थिए । जसमा के पाइयो भने बृद्ध–बृद्धाहरुको तुलनामा धुम्रपान गर्ने व्यक्तिहरुको मृत्युको संख्या बढी थियो ।
बीबीसीको एउटा रिपोर्ट अनुसार, जुन व्यक्ति अत्यधिक मात्रामा धुम्रपान गर्छन् । उनीहरुले कोरोना भाइरसको खतरालाई कम गर्नका लागि धुम्रपान गर्न छाडिदिनु नै उचित हुन्छ ।
पब्लिक हेल्थ च्यारिटीका प्रमुख कार्यकारी देबोराह आर्नटको भनाईमा स्वस्थ व्यक्तिहरुको तुलनामा धुम्रपान गर्नेहरुलाई निमोनिया हुने खतरा पनि दुई गुणा बढी हुन्छ । कोरोना भाइरस पीडितको उपचार के कुरामा आधारित हुन्छ भने बिरामीको शरीरले सास लिनमा सहयोग गरोस् तथा शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउन सकियोस् ।
