Wednesday, May 27News That Matters

चौधरी फाउन्डेसन द्धारा जिल्ला हस्पिटल उदयपुरलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

उदयपुर/चैत्र, १५

विश्वभर फैलिरहेको कोरोना भाईरस संक्रमणको अवस्थामा अहिले नेपालमा उच्च सतर्कता अपनाउने कार्यहरु तिव्र भईरहेको छ । यतिवेला पूर्व सतर्कता र पूर्ण स्वास्थ्य सामाग्रीहरुको आवश्यक छ ।

यस्तै क्रममा जिल्ला हस्पिटल उयपुरलाई चौधरी ग्रुप काठमाण्डौँले स्वास्थ्यकर्मीहरुलाई फिल्डमा र उपचार गर्दा आवश्यक पर्ने स्वास्थ्य समाग्रिहरु शनिवार वितरण गरेको छ ।

पूर्ण सतर्कता रहौँ यदि संक्रमण लागि भइहालेमा त्यसको उपचारमा सहज गराउन जिल्ला हस्पिटल पूर्ण तयारी अवस्थामा छ । सरकारी हस्पिटलको रुपमा रहेको जिल्ला हस्पिटलले संक्रमित कुनै व्यक्ति आइहालेमा हस्पिटलको पूर्ण जिम्मेवारी र भुमिका रहेको भन्दै यसको पूर्व तयारीमा रहेको छ ।

यसै क्रममा हस्पिटलको निमित्त सुपरिटेन्डेन जिवनारायण मन्डललाई चौधरी ग्रुपको सयंमसेवक तथा सामाजिक अभियान्ता नजवुल खानले सामाग्रि हस्तान्तरण गर्नुभयो । अस्पताललाई ५ सेट पि.पि.इ र सर्जिकल माक्स हस्तान्तरण गर्नुभयो । यसैगरी गजेन्द्र नाराणण सिंह अञ्चल अस्पताल राजविराज लाई पनि १६ सेट पि.पि. इ हस्तान्तरण गरिएको छ ।

हस्तान्त्रण गर्दै अभियान्ता खानले यस संक्रमण बाट बचाउन पहिले स्वास्थ्यकर्मीको ठुलो भुमिका रहने भएको भन्दै हस्पिटललाई सामाग्री प्रदान गरिएको बताउनुभयो । उहाँले कुनै पनि युद्धमा आफु हतियार बिहिन मैदान उत्रदा हारिने कुरा बताउँदै हस्पिटललाई सुरक्षितको लागि हतियार दिएको बताउनुभयो ।