
कटारी/चैत्र, १५
उदयपुरको कटारी अस्पतालको आइसोलेसनमा रहेको एक बिरामी अस्पतालबाट भागेका छन् । अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई उच्च सतर्कता अपनाउने भन्दै बाहिर बाट आएको बिरामीहरुलाई सुरक्षा अपनाउन उदयपुरमा पनि आइसोलेसन र करेन्टाइनमा राख्ने कार्यहरु भईरहेको छ ।
चैत्र १२ गते भारतको सिलगुँडी बाट झापा नाका हुदैँ कटारी आइपुगेका ताप्ली गाउँपालिकाका ३८ बर्षिय कृतिमान मगरातिलाई संक्रमणको आसंकामा कटारी हस्पिटलको आइसोलेसनमा राखिएको थियो ।
मगर सँगै आएका २० जनालाई भने नेपाली सेनाको १८ नं बाहिनी वेलस्रोत सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा राखिएको थियो । मगरलाई स्वास्थ्य जाँज गर्दा ज्वरो आएको पाएपछि थप उपचार र परिक्षणको लागि कटारी अस्पतालको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रमुख अधिकारी दिपक पहाडीले जानकारी दिए ।
मगर साथिहरु सँगै क्वारेन्टाइनमै रहेको अवस्थामा ज्वरो आएपछि अस्पतालमा ल्याइएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मगरले साथीहरु सँगै क्वारेन्टाइनमा बस्ने मनसाय गरेको थिए । अहिले साथीहरु सँग पनि सम्पर्कमा नभएको मेयर श्रेष्ठले बताए ।
मगर हस्पिटलबाट खाना खानु अगाडीनै मोवाइल र झोला बेडमा छोडेर शनिवार हस्पिटल बाट फरार भएको अस्पतालको सूचना अधिकारीले बताएका छन् ।
