Tuesday, July 14News That Matters

बेलकामा दैनिक ज्यालादारी र विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराइने

जयराम पूर्वछाने मगर

बेलका/चैत्र, १६

बेलका नगरपालिकाले नगरभित्र रहेको दैनिक ज्याला मजदुरी र अति विपन्न परिवारको नामकरण संकलन हिजो बाट थालेको छ । विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपाल केहि दिन देखि लक डाउन अवस्थामा छ ।

यस्तै नेपालको बिभिन्न ठाउँहरुमा अहिले संकट फैलिरहेको अवस्थामा दैनिक ज्याला मजदुरी र विपन्न परिवारहरु कोरोनाले भन्दा पनि भोकले मर्ने भन्द्रै बेलका नगरपालिकाले त्यस्तो परिवार तथा व्यक्तिहरुलाई खाद्यन्नको व्यवस्था गर्ने भएको छ ।

बास्तावमै यो अवस्थामा त्यस्ता व्यक्तिहरु अहिले भोको चपेटा मै छन् । दिनभरी गरेको कामले बिहान बेलुका छाक टार्ने परिवार अहिले विचल्ली भएको अवस्था छ । यसै समस्याको समधानमा बेलका नगरपालिकाले नगरभित्र रहेका त्यस्ता परिवारको पहिचान गरी तत्काल खाद्यन्न वितरणमा लागि पर्ने बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिए । थापाले यस कार्यमा पालिकाले कदम चालिसकेको पनि बताए ।

थापाका अनुसार त्यस्ता व्यक्तिहरुको पहिचान गरी प्रत्येक परिवारलाई २५ केजि चामल ,३ केजि दाल ,३ केजि नुन, २ लिटर तेल २ थान हात धुने साबुन प्रदान गरिने जनाएको छ । त्यसैगरी लक डाउनको पालना र उच्च सतर्कताको निम्ति बेलका नगरपालिकाले गाउँमै खाद्यन्न भारा छुटमै पुराउने व्यवस्था समेत गरेको छ ।

यो संक्रमण अवस्थामा जनताहरुलाई कुनै विचौलियाको फेला  नपार्न र खाद्यन्न बढेर जाने अवस्थालाई पहिलेकै भाउमा जनताहरुलाई खाद्यन्न उपलब्ध गराउन पनि नगरपालिकाले १ सय ९० कुइन्टल चामल व्यवस्था गरिसेको जनाएको छ । यस्तो अवस्थामा बाहिर नजाने र घरमै बस्नु पर्ने भन्दै ३ हजार ८ सयमा १०० केजी चामल भारा छुटमा घरमै पुराइदिने व्यवस्था नगरपालिकाले गरेको जनाएको छ ।

बेलकामा कोरोना संक्रमण बाट बच्न र बचाउनका लागि नगरपालिकाले सक्दो सतर्कताको कार्य विधिहरुको काम गरिरहेको मेयरल बताए । बिभिन्न देश बाट आएकाहरुलाई स्वास्थ्य परिक्षण, तथा त्यस्ता व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । अन्य सबै जनताहरुलाई पनि लक डाउनको पालना गर्दै घरमै बसेर संक्रमाण रोक्न अनुरोध गरे । बलेकाको बिभिन्न वडाहरुमा भाईरस नियन्त्रणको लागि औषधी समेत छर्किने कार्य भएको वडा नं ६ का वडा अध्यक्ष  बसन्त मगरले बताए ।

बिषेश गरी बैदेशिक रोजगारबाट आएका व्यक्तिहरुलाई विषेश निगरानी गरी डिस इन्फेक्टेड औषधि समेत प्रयोग गरिएको छ । वडा नं १ र २ मा ३९ घर परिवारमा संक्रमण रोक्न औषधी छर्किएको छ भने । वडा नं ४ र ५ मा १७ घर परिवारमा औषधि छर्किएको छ ।

त्यसैगरी बलका नगरपालिका वडा नं ८ को  सेतीखोलामा २० बेडको र वडा नं २ भागलपुरको बानडाँडाँमा मा १० बेडको गरी जम्मा ३० बेडको क्वारेन्टाईन पनि तयार गरिसकेको बेलका नगरपालिका स्वास्थ्य सह इन्चार्ज देविन मगरले बताए ।