
पूर्णपुष्टि, चैत्र २२
चिन बाट प्राप्त कोरोना खोप यहि चैत्र २५ देखि लाउन सुरु गरिने भएको छ । कोरोना विरुद्धको बरिब ८ लाख डोज बराबरको खोप चिनले नेपाललाई प्रदान गरेको थियो । सोमबार खोप लिन नेपाल बायु सेवा निगम चिन प्रस्थान गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यही बुधबारदेखि काठमाडौँ उपत्यकामा तोकिएका अस्पतालबाट उक्त खोप दिइने जानकारी दिएको छ ।
डा. गौतमका अनुसार उक्त खोप अभियानअन्तरर्गत चीनको छात्रवृतिमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालय व्यापारमा संलग्न व्यक्ति र अत्यावश्यक सेवामा संलग्न व्यक्ति लगायतले प्राप्त गर्ने छन् ।
