Monday, July 27News That Matters

लागुऔषधसहित १ जना पक्राउ

झापा, चैत्र २२ 

झापाबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगरसहित एक जना पक्राउ परेको छ । कचनकबल–२ का २८ बर्षीय संजय लामा लागुऔषधसहित पक्राउ परेको हो ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे  कचनकबल–२ सुकुनाडिकी एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामामाथी जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।