Tuesday, July 28News That Matters

एमालेका तीन मन्त्रीले राजीनामा दिने घोषणा

एमाले माधव–झलनाथ पक्षका संसदीय दल कर्णाली प्रदेशले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई राजीनामा गराउने निर्णय गरेको छ ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले आफ्ना तीन मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन निर्देशन दिने निर्णय गरेको हो ।

निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाएको स्रोतले बतायो।