Tuesday, July 28News That Matters

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको घोषणा

माओवादी केन्द्रका नेता वर्षमान पुनले अब छिट्टै वैकल्पिक सरकार निर्माण हुने बताएका छन् । पुनले पार्टीले सरकारलाई दिएको समर्थन आज/भोलिभित्रै फिर्ता लिने बताए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमा यदि राजनैतिक नैतिकता भएको भए यतिवेलासम्म राजीनामा आईसक्नेथियो भन्ने भनाई पनि राखे । तर, प्रधानमन्त्रीमा नैतिकता नभएकोले ओलीले राजीनामा नदिएको उनले टिप्पणी गरे ।