
पूर्णपुष्टि, चैत २ । सुनसरीको दुहबी नगरपालिका–१ र २ स्थितबाट दुई वटा चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका–३ मोरङका २७ बर्षीय अमन सरदार रहेका छन ।
हिजो राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रदेश १–०२–०४८ प २९६१ नम्बर र प्रदेश १–०२–०५० प ३९७९ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।
