
पूर्णपुष्टि, चैत १८ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको गरिब संग विशेश्वर कार्यक्रम अन्तर्गत विहिबार १८ परिवारलाई बाख्रा विरतरण गरिएको छ । नेपाल सरकारको अनुदानमा सञ्चालित गरिबी न्युनिकरणका लागि चौदण्डी नगरपालिका– ८ पिडिबास गुराँस सामुदायीक संस्थाका १८ परिवारलाई २÷२ वटा बोयर क्रस र खरि जातको बाख्रा वितरण गरिएको हो ।
नेपाल सरकारको अनुदान सहयोगबाट गरिबी न्यूनीकरनमा टेवा पुग्ने उद्देश्यका साथ बाख्रा वितरण गरिएको बाख्रा वितरण गरिएको नगर प्रमुख खगेन्द्र राईले बतानुभयो । शिद्दिपुर गाउँ विकास समिती हुँदा बाटै सञ्चालित कार्यक्रम केही वर्ष यता ओझेलमा परेको थियो । स्थानीय सरकार आईसकेपछि कार्यक्रमले पुनः निरन्तरता पाएको वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष गडुड बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
अहिलेसम्म वडा भित्रका ५ वटा संस्था मार्फत किसानहरुलाई बाख्रा, २ वटा संस्थालाई खानेपानी र १ जना कृसकलाई बाख्रा खोर निर्माण तथा मर्मतको लागि रकम उपलब्ध गराएको वडा सचिब राजन प्रसाद अधिकारीले बताउनुभयो । २०७३ साल देखि यो आर्थिक वर्ष सम्म जम्मा १२ लाख ८५ हजार बराबरको सो कार्यक्रम सञ्चालन भएको सामाजिक परिचालक शुशिला विश्वकर्माले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷०७९ सालमा गरिब संग विशेश्वर कार्यक्रमको अनुदान सहयोग बाट गरिबी न्युनिकरणका लागि बाख्रा बितरण गरिएको हो ।
