पूर्णपुष्टि, पुष २१ । आत्महत्या न्यूनीकरण सम्बन्धी प्रहरीले जनचेतना मूलक कार्यक्रम गरेको छ । बुधवार चौदण्डीगढी नगरपालिका वडा नं। ९ स्थित ढुङ्गा मुसहरी टोलमा आत्म हत्या न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको हो ।
ईलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी हडियाको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले आत्म हत्या न्युनिकरण सम्बन्धी जनचेता मुलक कार्यक्रम सुरु गरेको प्रहरी सहायक निरीक्षक मधुकान्त खड्काले जानकारी दिए । खड्काले आत्महत्या न्युनीकरण र नियन्त्रणको लागि प्रहरी मार्फत स्थानीय तहहरुमा यो अभियान पुग्ने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय हाम्रो समाजमा बढ्दै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनिकरण गर्न सकिने खड्काले बताए ।

कार्यक्रममा बिभिन्न स्थानीय बुद्धिजीवी,समाजसेवी र बिभिन्न संघ संस्थाहरुमा आवद्ध संस्थापकहरुको उपस्थिति उक्त कार्यक्रम सम्पन्न भएको हो ।
