पूर्णपुष्टि, पुष २१ । जिल्ला प्रहरी कार्यालय उदयपुरले यौनधन्दा आशंकामा पक्राउ गरेको माथी मुद्धा चलाईने जनाएको छ । हाल पक्राउ उप्पर आवश्य अनुसन्धान भैरहेको जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने उल्लखे गरेको छैन् । पक्राउ परेको जनाईको ७ जना माथी म्याद थपेर मुद्धा चलाउने प्रहरीको भनाई छ । गाईघाटबाट बुधबार दिउँसो नाम नखुलेको एक होटलबाट होटल संञ्चालक सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्रियुगा नगरपालिका १२ सुनगाभा टोलबाट उनिहरुलाई पक्राउ गरिएको थियो । उक्त होटलको संञ्चालकबारे प्रहरीले उल्लेख गरेको छैन । प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता राकेश कुमार पोदारले जानकारी दिए । पोदारका अनुसार तिव्र अनुसन्धान भैरहेका कारण नाम पूर्ण प्रक्रिया पुराएर मात्रै खुलाईने जनाए । उनिहरुलाई मुद्धाका लागि म्याद थप गरेर प्रक्रिया पुराएर आवश्यक अनुसार सर्वाजानिक गर्ने तथा नाम खुलाईने जनाएको छ । अनुसन्धान नसकि नाम खुलाउँदा उनिहरुलाई पछि समस्या हुने हुँदा प्रक्रिया बारे छलफल पछि सार्वजानिक गराईने जनाएको छ ।
