Monday, July 6News That Matters

त्रियुगा माविमा कराते तर्फको प्रतियोगिताा सम्पन्न

पूर्णपुष्टि, पुष २१ गते ।
गाईघाटमा जारी प्रथम त्रियुगा नगर अन्तर मावि रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कराते तर्फको खेल सकिएको छ । उदयपुर जिल्ला खेलकुद विकास समितिका कराते प्रशिक्षक तथा जिल्ला कराते संघका अध्यक्ष समेत रहेका प्रकाशराम राईले बुधबार कराते तर्फका खेलहरु सम्पन्न भएको जनाए । राईका अनुसार करातेका लागि १९ ओटा विद्यालयहरुले सहभागी जनाएका थिए । प्रतियोगितामा तौल अनुसारको खेलाडी बिच प्रतिष्पर्धा गराएको थियो भने एकल काता समेत गराएको राईले जनाए । पूरुष खेलाडी लाई पूरुष सँगै र महिला खेलाडी लाई महिला सँगै प्रतिस्पर्धा गराएको राईले बताए ।

पूरुष कराते प्रतियोगितामा ४२ के.जी.को प्रतिस्पर्धामा बालमन्दिर मा.वि.का हिराज मगर प्रथम भएको छ भने सोहि विद्यालयका एबिक मगर दोस्रो भएका छन् । तेस्रो स्थान हासिल गर्नेमा प्याराडाईजका जोनसोन किरात र उदयपुर बोर्डीङका दियोग शाह रहेका छन् ।

यता ४७ के.जी तर्फको प्रतिस्पर्धामा त्रियुगा नमुना मा.वि.का प्रेमजन राई प्रथम भएका छन् भने स्टाण्डर भिजन बोर्डीङका सोहम सिलवाल दोस्रो भएका छन् । तेस्रो स्थान हासिल गर्नेमा उदयसी अंग्रेजी मा.वि.का अनमोल रिजाल र बालमन्दिर मा.वि.का आयुष मगर रहेका छन् ।

यस्तैगरी ५२ के.जी.को प्रतियोगितामा त्रियुगा नमुना मा.वि.का सुजन तामाङ प्रथम भएका छन् भने रामजानकी मा.वि.का बेबिस पराजुरी दोस्रो भएका छन् । तेस्रो स्थान हासिल गर्नेमा रामजानकी मा.विकै तिलक तामाङ र त्रियुगा नमुना मा.वि.का बिशाल राई रहेका छन् ।

एकल कातामा क्रिसमस एकेडेमिका जोन राई प्रथम भएको छ भने प्याराडाईजका सुसन राई दोस्रो भएका छन् । तेस्रो स्थान हासिल गर्नेमा उदयपुर बोर्डीङका सिद्धान्त बुढाथोकी र त्रियुगा नमुना मा.वि.का बिशाल राई रहेका छन् ।

महिला तर्फ

महिला तर्फ कराते तर्फ ४० केजी.को प्रतिस्पर्धामा मनमोहन आदर्शका सृष्टि गिरी प्रथम भएकी छन् भने सोहि विद्यालयकी देविकला राई दोस्रो भएकी छिन्। तेस्रो स्थान हासिल गर्नेमा पनि सोहि विद्यालयकी आकृती बि.क. र उदयपुर बोर्डीङकी रोमिका बस्नेत रहेकी छन् ।

४५ के.जी.को प्रतिस्पर्धामा राम जानकी मा.वि.की सारा घिमिरे प्रथम भएकी छिन् भने एभरग्रिन ई. सेकेन्डरीकी सृष्टि राई दोस्रो भएकी छिन् । तेस्रो स्थान हासिल गर्नेमा क्यान्भास एकेडेमीकी संचिता लिम्बु र उदयपुर बोर्डीङकी एन्जिसा खत्री रहेकी छन् ।

५० के.जी.को प्रतिस्पर्धामा उदयपुर बोर्डीङकी आयुष्मा मगर प्रथम भएकी छन् भने त्रियुगा नमुना मा.वि.की शिक्षा राई दोस्रो भएकी छिन् । तेस्रो स्थान हासिल गर्नेमा ककनी मोर्डलकी सिर्जु राई र प्याराडाईजकी भुमिका चौधरी रहेकी छन् ।

महिला एकल काताको प्रतिस्पर्धामा राम जानकी मा.वि.की सारा प्रथम भएकी छन् भने उदयसी अंग्रेजी मा.वि.की सुलोचना राई दोस्रो भएकी छिन् । तेस्रो स्थान हासिल गर्नेमा त्रियुगा नमुना मा.वि.की शिक्षा राई र उदयसी अंग्रेजी मा.वि.की मौसमी रुचाल रहेकी छन् । प्रतियोगिताभरीकै उत्कृष्ट खेलाडी पूरुष तर्फ बालमन्दिर मा.वि.का हिराज मगर र महिला तर्फको उदयपुर बोर्डीङकी आयुष्मा मगर भएकी छन् । उक्त खेल बोक्सेको कवर्डहलमा खेलाईएका थिए । हाल सम्म कराते सहित, तेक्वान्दो, भलिबल, कबडी र एथ्लेटिक्सको खेल सम्पन्न भैसकेको छ ।