
पूर्णपुष्टि सम्बाददाता
बेल्टार । ६ चैत्र २०८२ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका – १ ज्यामिरेमा केराको दाम्चाबाट धागो उत्पादन थालनी भएको छ । ज्यामिरेस्थित हिमचुली सामुदायिक वन उपभोक्ता समूहले स्थानीय स्तरमा रोजगारी र आयआर्जन सिर्जना गर्न केराको दाम्चाबाट धागो उत्पादन थालनी गरेको नगरपालिकाका मेयर कालुमान लामाले बताउनुभयो । धालो उत्पादन हुने भएपछि गाउँघरमा त्यसै खेरो गइरहेको केराको दाम्चाको सदुपयोग हुने भएको छ । 
मेयर लामाले दाम्चाबाट धागो बनाउने मेसिनको एक समारोहकाबीच आज उद्घाटन गर्नुभयो । “कुहेर खेरो गइरहेको केराको दाम्चाबाट धागो बन्ने र आयस्रोत हुने देखेपछि स्थानीय खुसी छन् ।” मेयर लामाले भन्नुभयो ।
अहिले नमुना परिक्षणको रुपमा थालनी भएको दाम्चाबाट धागो बनाउने काम प्रभावकारी भएमा थप विस्तार गर्दै लगिने भएको छ । उदयपुर केराखेतीका लागि उपयुक्त जिल्ला हो । चौदण्डीगडी नगरपालिका पनि केराको पकेट क्षेत्रमा पर्दछ ।
