
पूर्णपुष्टि, ६ जेष्ठ ।
चौदण्डीगढी नगरपालिकामा पनि कृषि र पशु सम्बन्धी हेफर आधारशिल तालिम धमाधम संञ्चालन भैरहेको छ । चौदण्डीगढी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा प्राविधिक सहयोग र बिकास सहजीकरण संजालको उदयपुरको आयोजनामा उक्त तालिम संञ्चालन भैरहेको छहो । तालिम नगरको १० ओटै वडाहरुमा तालिम संञ्चालन भैरहेको छ । यहाँका नगरवासीहरुलाई पशु तथा कृषि क्षेत्रबाट व्यवसायीकरण गर्दै आम्दानीमा आत्मनिर्भरताको लागि तालिममको आयोजना गरिएको संञ्जालका संस्थापक अध्यक्ष समेत रहेका प्राविधिक सहयोगी राज कुमार राईले बताए । राईका अनुसार चौदण्डीगढीको १० ओटा वडामा करिब ३५ ओटा समुहहरु निर्माणको लक्ष्य सहित तालिम संञ्चालन भैरहेको जनाए ।

उनले हाल यहाँको समुदायहरु कृषि र पशु पालनको क्षेत्रबाट आर्थिक आम्दानीको कुन अवस्थामा छ र भविष्यमा कुन आधारको सफलता कायम गर्ने बारे तालिमले सहजीकरण गर्ने राईको भनाई छ । हाल उक्त नगरमा २८ ओटा समुहहरुमा तालिम सम्पन्न भैसकेको छ । ४,३ र ७ गरी तिन ओटा वडाहरुमा पूर्ण रुपमा तालिम सम्पन्न हुनुका साथै हाल अन्य वडाहरुको समुहमा पनि तालिम संञ्चालन अवस्थामै छ ।

चौदण्डीगढी नगर प्रमुख कालुमान लामाले नगरलाई पशु र कृषि क्षेत्रको माध्यमबाट उकास्ने लक्ष्य सहित कार्यक्रमलाई नगरपालिकाले साझेदारी गरेको जनाए । बिषेशगरी पशु र कृषिको क्षेत्रबाट तिन ओटा थिममा मासुमाछा, दुग्द र तरकारीबाट नगरलाई समृद्ध र धनि बनाउने मेयर लामाको भनाई छ । यसले आर्थिक क्षेत्रको बृद्धि गरे शिक्षा, स्वास्थ्य, सामाजीक आर्थिक सबै क्षेत्र सुधार हुनेमा लामाको विश्वास रहेको छ । यस्तै नगर उपप्रमुख मणिकादेवी दुलालले यस तालिमले महिलाहरुलाई आर्थिक क्षेत्रमा अगाडी बढाउने भन्दै खुसी ब्यक्त गरिन् । कृषि र पशुपालन नगरको एक बलियो आर्थिक आधार रहेपनि यसबार प्राविधिक ज्ञान र जानकारी महिला किसानहरुले नपाउँदा सोचजति आम्दानी र आर्थिक उन्नती हुन नुकेको दुलालले बताईन । यस तालिम मार्फत पशु र कृषिको क्षेत्रमा थप सहज हुनुका साथै व्यवसायी फस्टाउने उनिको भनाई छ ।




