Monday, May 4News That Matters

चौदण्डीगढीमा सर्पको टोकाईबाट एक वृद्दाको मृत्यु

पूर्णपुष्टि,असार २० । उदयपुरको चौदण्डीगढी नगरपालिकामा विषालु सर्पको टोकाईबाट एक जना वृद्दाको मृत्यु भएको छ । सर्वको टोकईबाट उदयपुरको चौदण्डीगढी–७, भूल्केकी ७२ वर्षीया जमुना घिमिरेको मृत्यु भएको हो ।

मंगलवार साँझमा आफ्नै घर नजिक सर्पले डसेपछि उपचारको लागि १८ नं.वाहिनी भूल्के लानेक्रममा वृद्दाको बाटोमै निधन भएको वडाध्यक्ष केशब अधिकारीले जानकारी दिए । उनका अनुसार घट्ना भए लगतै उपचारको लागि बेल्टार स्थित नगर अस्पताल गगिएको थियो । उक्त अस्पतालमा सर्पदंशको औषधि नभएको कारण उपचार नहुने नभएपछि तत्काल २० भायल औषधि जिल्लाबाट माग गरिएको वडाध्यक्ष अधिकारीले बताए ।

नगरको अस्पतालमा आवश्यक जनशक्ति अभावसँगै सर्पदंशको उपचार प्रभावकारी हुँन नसकेको स्थानीयहरु बताउँछन् । यो समयमा
सर्पको टोकाईबाट सुरक्षीत रहन आफ्नो घर आँगन वरपर झाडिहरु सफाई गर्नुका साथै सुत्ने ओछ्यान सधै झुल टाँगेर सुत्ने गरौं ।