
पूर्णपुष्टि, वैशाख ३०
चौदण्डीगढी नगरपालिकाका सुत्केरी महिलाहरुलाई ‘जनतासंग उप मेयर’ कार्यक्रम अन्तर्गत पोेषण सामाग्री वितरण गरिएको छ । गत आर्थिक वर्ष झै यो चालु आर्थिक वर्षमा पनि पालिकाले प्रत्येक वडाको गाउँ, टोलवस्तिहरुमा रहेका सुत्केरीहरुका लागि पोषण युक्त खाद्य सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले बहुपोषण क्षत्रीय कार्यक्रम अनुसार पोषण प्याकेज वितरण कार्यत्रक्रमलाई निरन्तरता दिएको हो ।
जेठी मन्सुली चामल, मुसुरी दाल, तोरीको तेल, डेरी घ्यू, मेथी, जिरा, धनिया साबुन, आयोडीन युक्त नुन, ज्वानो लगायतका पोषण सामग्रीहरु सुत्केरीलाई प्राप्त गरिएको छ ।
बुधबारमात्रै तीन वटाहरुमध्ये ५ नं. मा १ सय २० जना, ९ नं. मा ४५ जना र १० नं.मा ३० जना सुत्केरी महिलाहरूलाई कोशेली प्याकेज वितरण गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । बाँकी वडाहरुमा पनि आलोपालो वितरण गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
