
पूर्णपुष्टि, बैशाख ३०
उदयपुरमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १४ महिला र २१ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
आज थप ३५ जना संक्रमित थपिए सँगै जिल्लामा कुल संक्रमितको संख्या ३११ पुगेको छ । आज पनि त्रियुगामा सबै भन्दा बढी संक्रमित २६ जना रहेको छ भने चौदण्डीगढीमा ९ जना संक्रमित थपिएको छ । आज मुत्यु र निको हुनेको संख्या भने बढेको छैन् । हाल निको हुनेको संख्या हिजोकै एथावत ४ रहेको छ भने मृत्युको पनि ७ रहेको छ ।
