
पूर्णपुष्टि, बैशाख ३०
बहुचर्चित तथा अत्यादिक प्रयोगमा आएको इन्टरनेट सेवा वल्र्ड लिंकका संञ्चालन विजय जलानको कोरोना संक्रमणका कारण निधन भएको छ । ४७ बर्षिय जलानलाई दुई साता अघि कोभिड–१९ को संक्रमणको आशंका गरिको थियो । तत्काल कोरोना परिक्षण गराएका जलानको रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा बिहिबार विहान मृत्यु भएको हो ।
वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक र कम्पनीको संस्थापक समेत रहेका जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
