
पूर्णपुष्टि,जेष्ठ २४ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.५, शिवाईका ३१ जना स्थानीय कृषकहरुलाई च्याप कटर वितरण गरिएको छ । कृषकलाई प्रविधि मैत्री बनाउँने उद्देश्य सहित समृद्धि आयोजना व्यवस्थापन कार्यालय इटहरीको ३० प्रतिशत सहयोग र कृषकको ७० प्रतिशत लगानीमा स्थानीय प्रगतिशीत पशुपालन कृषक समुहका २१ कृषकहरुलाई च्याप कटर वितरण गरिएको हो ।
बुधवार सानाकिसान कृषि सहकारी भवनको कार्यक्रमहलमा एक कार्यक्रमबिच नगर उप–प्रमुख मणिकादेवी दुलाल र वडा अध्यक्ष तुलसी ढकाल, कार्यपालिका सदस्य जानकिदेवी चौधरी, शुश्मा राइ मार्फत किषानलाइ च्याप कटर हस्तान्तरण गरिएको हो । च्याप कटर वितरण कार्यक्रममा किसाननहरुलाइ घास तथा पशु आहार ब्यबस्थापन, प्रविधी परामर्श लगायतको बिषयमा तालिम समेत दिइएको समृद्धि आयोजनाका रामविलास चौधरीले जानकारी दिनु भयो । समृद्धि आयोजनाको सहयोगमा किसानले च्याप कटर प्राप्त गरेपछी स्थानीय कृषक हर्षित बनेका थिए ।
स्थानीय कृषकले उत्पादन गर्दै आएको दुध स्थानीय साना किसान कृषि सहकारी सस्थाले बजारीकरण गर्दै आएको छ । स्थानीय साना किसान कृषि सहकारी संस्थाले कृषकको दुध बजारीकरणमा सहजता प्रदान गरे पछी चौदण्डीगढी नगरपालिका ५ का किसान मात्र नभएर छिमेकी वडा र पालिकाका किसान समेत दुधमा आत्मनिर्भर हुन थालेका छन ।
