
बुद्धि चामलिङ राई
काठमाडौ, माघ ८
बुधबार देखि सुरु राष्ट्रिय महिला फुटबल लिग अन्तरगत चौदण्डीगढी नगर महिला फुटवल टिम उदयपुरले आफ्नो पहिलो खेल नेपाल पुलिस महिला फुटबल क्लब सङ्ग खेल्ने भएको छ ।
२०७७ माघ ९ गते शुक्रवार काठमाडौ सातदोबाटो स्थित एन्फा खेलमैदानमा दिउँसो २ बजे नेपाल पुलिस क्लब सङ्ग पहिलो खेल खेल्ने भयको हो । चौदण्डीगढ महिला फुटबल टोलिलाइ चौदण्डीगढी नगरपालिकाले बुधबार बिदाइ कार्यक्रम आयोजना गरि बिदाइ गरेको थियो । एक महिना सम्म बेल्टार स्थित खेलमैदानमा बन्द प्रशिक्षणमा राखियको टोलि माघ ५ गते सोमबार नै काठमाडौ जाने भनिए पनि दुई दिन पछि माघ ७ गते बुधबार राती काठमाडौ पुगेका हुन ।
चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चोउधरीले खेलाडीहरुलाइ फुटबलका खेलकुद सामाग्री ट्रयाकसुट, जर्सी, फुटबल, पन्जा दिदै दोसल्ला लगाइदिएर जित हासिल गरि गृह नगर फिर्ता हुन शुभकामना दिएका थिए । सो बिदाइ कार्यक्रममा चौदण्डीगढी नगरखेलकुद बिकास समितिका अध्यक्ष शशिचन्द्र राई, सचिब भास्कर चोउधरी, सदस्य देबिराज राइ, स्थानिय समाजसेबी राजेन्द्र पौडेल, ज्ञानेन्द्र प्रधान, बिदुर राई, एशब राई, केशब आले, दिपक राउत, चौदण्डीगढी नगर खेलकुद बिकास समितीका सल्लाहाकारहरु तस्बिरा तामाङ, राजेन्द्र बिद्रोही लगायतले सफलताको शुभकामना दियका थिए ।
२०७७ पुस ३ गते देखि बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्ये २३ खेलाडी अन्तिम छनोटमा परेका छन । छनोट हुने २३ खेलाडिहरु देबिका श्रेष्ठ गोल्किप्पर बसाहा, युनिका चामलिङ राई कप्तान बसाहा, चोमोलोङमा राइ बसाहा, मनिका राई बसाहा, एल्जिना राई बसाहा, निता राई बसाहा, नमिता राई बसाहा, मनिता तामाङ्ग बसाहा, देबकला राई बसाहा,अन्जना तामाङ्ग बसाहा, सजना सुब्बा, बसाहा, पुर्णमाया राई ९जीवन०रामपुर रहेका छन ।
त्यस्तै सरस्वती चौधरी गाइघाट, अमृता राइ देउरी , सबिता तामाङ नेपालटार, अन्जना थुलुङ राई धनकुट्टा, सुनिता घिसिङ तामाङ धनकुट्टा, सन्ध्या रम्तेल धनकुट्टा ,सुस्मिता राई धनकुट्टा, अनुशा थेवे ताप्लेजुङ्ग , सुमिका राई इलाम, सपना राई रामपुर र अस्मिता राई रामपुर रहेका छ्न । बन्द प्रशिक्षण मा रहेका २७ खेलाडी मध्ये सुमित्रा दाहाल, सम्झना राई, ममता राइ र लछ्मी राइ अन्तिम २३ जना खेलाडी छनोट मा छानिन नसकी टिममा पर्न सकेनन ।
टिम को गोलकिप्पर को जिम्मेवारी देबिका श्रेस्ठ,शुस्मिता राई र सजना सुब्बाले सम्हाल्ने छन भने स्ट्राइकरको जिम्मेवारी मनिता तामाङ्ग, सरस्वती चौधरी, सुनिता घिसिङ्गले सम्हाल्ने छ । हिजो बुधबार दशरथ रङ्गशाला काठमाडौमा भयको उदघाटन खेलमा दुई बिभागिय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गोल रहित बराबरी खेल्दै एक ( एक अङ्क बाडेको छ । बिभागिय क्लबले कुनै योउटा टिमले जित हासिल गर्न नसक्दा दुबै टिमलाई ३ अङ्क बटुल्ने मोउका गुमेको छ । आर्मी र पुलिस दुबै टिमले १(१ अङ्क बाड्नु पर्दा अन्य टिमलाई फाइदा पुगेको छ भने यी दुबै टिमलाई बराबरी अङ्क बाड्दा १(१ अङ्क भय पनि अर्को खेलमा पुनरागमन हुन थप सहयोग मिलेको छ । उदघाटन खेल दशरथ रंगशालामा भयो भने बाकी सबै खेल एन्फाको आफ्नै खेलमैदान सातदोबाटो खेलमैदानमा हुनेछ ।
फाइनल खेल भने दशरथ रंगशाला मा नै हुनेछ । चोउदन्दिगढीले दोस्रो खेल माघ ११ गते आइतबार चन्द्रपुर नगर महिला फुटबल क्लब रौताहट सङ्ग दिउँसो २ बजे खेल्नेछ । त्यस्तै तेस्रो खेल माघ १५ गते बिहिबार दिउँसो ११स्३० बजे वालिङ नगर महिला फुटबल स्याङ्जा सङ्ग खेल्नेछ भने चौँथौ खेल माघ १७ गते शनिबार दिउँसो ११÷३० बजे बिराटनगर महानगर महिला फुटबल टिम सङ्ग खेल्नेछ ।
पाचौं खेल सशस्त्र प्रहरी महिला फुटबल टिम सङ्ग माघ १९ गते सोमबार २÷३० बजे खेल्नेछ । त्यस्तै अन्तिम खेल माघ २१ गते बुधबार बिहान ११÷३० बजे त्रिभुवन आर्मी क्लब सङ्ग खेल्नेछ । डबल राउन्ड रोबिङ प्रक्रियामा खेलाइने खेलको बिजेता पहिलो हुने टिमले १५ लाख र ट्रफी जित्नेछ । उपबिजेता दोस्रो हुने टिमले ८ लाख, तेस्रो हुने टिमले ५ लाख र चौथो हुने टिमले ३ लाख नगद पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्बोकृष्ट खेलाडिले एउटा स्कुटर पाउनेछ भने हरेक बिधागतमा उत्कृष्ट हुने खेलाडिहरुले जनही ५० हजार नगद पाउने आयोजक एन्फाले जनाएको छ ।
उदघाटन खेल बाहेक दोस्रो दिन देखि दैनिक २ खेल हुनेछ । आज माघ ८ गते बिहिबारको पहिलो खेल बिहान ११÷३० बजे सशस्त्र प्रहरी क्लब र चन्द्रपुर नगर रौताहट टिम खेल्नेछ । दोस्रो खेल दिउँसो २÷३० बजे बिराटनगर महानगर पालिका मोरङ र वालिङ नगर स्याङ्जा बिच खेलमा प्रतिस्पर्धा हुनेछ ।
बिभागिय टिमलाई सकेसम्म गोलगर्ने नत्र रक्छात्मक खेल गर्दै गोलरहित बराबरि या गोल बराबर गरेर १(१ अङ्क बाड्ने योजना र बाकी तीन वटा नगरपालिकाहरु सङ्ग आक्रामक रुपमा गोल गरेर जित निकाल्दै ३ अङ्क बटुल्ने योजनामा टिम रहेको मुख्य प्रशिक्षक दिपक थापाले बताए । गत सिजन को बिजेता सशस्त्र प्रहरी क्लबले लिग जितेको थियो ।
